पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडाैं | असोज २६, २०८२

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । 


महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएको नेपाल प्रहरीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 

विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ । 


“उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।”  


चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप महरामाथि  लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । 


विद्युतीय चुरोट (भेप)मा लुकाएर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउने गिरोहलाई सहयोग गरेको आरोप महरामाथि छ । महरालाई सुन तस्करी प्रकरणमा बिहीबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । 


भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । 

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्